Wednesday, August 12, 2009

'किरात येले' सम्वत्को अन्तर्क्रिया कार्यक्रम सम्पन्न

limbu students Form

साउन २६, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान समयमै बन्ला वा नबन्ला भन्ने अन्यौलता छाइरहेको बेला त्यही संविधानमा नेपालमा प्रचलित सम्वत्हरुको सूचीमा 'किरात येले' सम्वत्लाई पनि सूचीकृत गर्न तयारी स्वरुप गृहकार्यका लागि नवसमन्वय र मुन्धुम प्रकाशन प्रा. लि. को आयोजनामा येले सम्वत् विषयक विशेष अन्तर्क्रिया कार्यक्रम राष्ट्रिय नाचघर काठमाडौंमा सम्पन्न भयो । कार्यक्रमका अतिथिहरु प्राज्ञ वैरागी काइँला, डा. जगदीशचन्द्र रेग्मी र भूपाल र्राईले मन्तव्यका साथ विभिन्न सल्लाह सुझावहरु दिएका थिए । विचार राख्ने क्रम्मा डा. रेग्मीले यस येले सम्वत्लाई किरात राजा यलम्बरको स्मारक सम्वत्को रुपमा मान्न सकिने राय दिनुभयो । प्राज्ञ काइँला भने सम्वत् प्रचलनमा आउनुको ऐतिहासिकतालाई प्रष्ट पार्दै अझ गहन र मिहिनरुपमा यसबारेमा अध्ययन अनुसन्धानको खाँचो औंल्याउनु भयो । त्यसरी नै भूपाल र्राईले विशेषगरी किरातजन्य चारवटा संस्थाहरु किरात याक्थुङ चुम्लुङ, किरात र्राई यायोख्खा, किरात याक्खा छुम्मा र किरात सुनुवार सेवा समाजले यसबारेमा जिम्मा लिई पहल गर्नुपर्ने सुझाव दिनुभयो । अन्तर्क्रियामा चुम्लुङका मञ्जुल याक्थुम्बा, अर्जुन लिम्बूले आफ्नो विचार राख्नु भयो भने यायोख्खाका तर्फबाट सुमाया र्राई र चन्दवीक्रम र्राईले आफ्नो मत राख्नु भएको थियो । तयसैगरी, याक्खा छुम्माबाट दुर्गामणी देवान र सुनुवार सेवा समाजका प्रतिनिधिले पनि आ-आफ्नो राय दिनु भएको थियो । कार्यक्रममा लिम्बू विद्यार्थी मञ्चका अध्यक्ष टंक फोम्बो र चलचित्रकर्मी नवीन सुब्बासमेतले यसबारेमा विचार राख्दै सल्लाह सुझवा दिनु भएको थियो ।कार्यक्रमको अन्तमा, आयोजक मुन्धुम प्रकाशनका अमर तुम्याहाङले सम्वद्ध किरातजन्य संस्थाहरुले यो विषयमा कदम नलिएकोले आफूहरु यो कार्य गर्न अग्रसर भएको बताउँदै अबको बाँकी कार्यका ती किरातजन्य चार संस्थालाई जिम्मा लिन आग्रह गर्नुभयो ।

No comments:

Post a Comment