Tuesday, June 16, 2009

एन्टिसाइकेटिक'का कारण उनको मस्तिष्कमा नकारात्मक असर

Limbustudents form
नेत्री आचार्यको आवाज मात्र होइन, उनलाई लागेको रोगका बारेमा समेत विभिन्न भनाइहरू सार्वजनिक भए । अल्जाइमर्स नामक रोगबाट पीडित भनिए पनि मानसिक तनाव कम गर्न प्रयोग हुने 'एन्टिसाइकेटिक' औषधिको निरन्तर सेवनका कारण नेत्री आचार्यको बोल्ने क्षमता गुमेको चिकित्सकहरूको दाबी थियो । नेत्री आचार्यलाई सो औषधि सेवन गर्न कसले सिफारिस गर्‍यो भन्ने पत्ता लाग्न सकेन नै ।'एन्टिसाइकेटिक'का कारण उनको मस्तिष्कमा नकारात्मक असर परेको उपचारमा संलग्न चिकित्सकले निष्कर्ष निकालेका थिए । नेत्री आचार्यले मानसिक तनाव बढी भएको वेलामा कुनै औषधि नियमित खाने गरेको स्वीकार गरेको उनलाई उद्धृत गर्दै उनका आफन्तले बताएका थिए । 'नाम उल्लेख नगर्नुहोस् है' भन्दै शैलजाका परिवारका एक सदस्यले २९ फागुनमा नयाँ पत्रिकासँग भनेका थिए, 'सो औषधि उहाँको उपचारमा संलग्न डाक्टरहरूले पनि नदिएको बताएका छन् ।' झन्डै डेढ वर्षअघि दिल्लीमा उपचार गरेर घर फर्किएपछि उनको कोठामा मानसिक तनाव कम गर्ने औषधिको पोका नै फेला परेको उनको पारिवारिक स्रोतले जानकारी दिएको थियो । परिवारका ती सदस्यले भने, 'नेपालमा उनको स्वास्थ्य सुधारोन्मुख हुँदाहुँदै उनलाई कसले उपचारका लागि दिल्ली पठायो, यो रहस्य त्यहीँबाट सुरु भएको हुनुपर्छ ।' तर, त्यो रहस्य अब खुल्छ कि खुल्दैन त्यो भने यसै भन्न सकिँदैन । 'बैंककमा एक न्युरो चिकित्सकले त्यही औषधिले बोली नियन्त्रण गर्ने दिमागको नसामा नकारात्मक प्रभाव पारेको बतायो,' नेत्री आचार्यकी छिमेकी तथा पूर्वराज्यमन्त्री डा. दुर्गा पोखरेलले भनिन्, 'स्पिच थेरापिष्टले आचार्यलाई बोलाउने प्रयास गर्दा बोली नै फुटेन । उसले पनि त्यही औषधिका कारण बोली बन्द भएको बतायो ।' राजनीतिक कारणले उनमा डिप्रेसन आएको सोही समयमा उनलाई त्यो औषधि कसैले सेवन गर्न दिएका थिए ।उनको सम्पूर्ण उपचार खर्च भने सरकारले बेहोर्‍यो ।

No comments:

Post a Comment