Thursday, July 16, 2009

तलव सुविधा बृद्धिको माग गर्दैकर्मचारीप्रर्दशनमा

Limbustudents Form, ktm
तलव सुविधा बृद्धिको माग गर्दै आन्दोलरत कर्मचारीले सिंहदरबार परिसरमा गरेको प्रर्दशनमा बिहीबार प्रहरीले हस्तक्षेप गरी दर्जनौ कर्मचारी गिरफ्तार गरेको छ ।सुरक्षा व्यवस्था र बाक्लो सुरक्षाकर्मीको उपस्थितिमा पनि कर्मचारी प्रदर्शनमा उत्रिएपछि प्रहरीले धरपकड गरेको हो ।नेपाल राष्ट्रिय कर्मचारी महासंघका निजामतितर्फका महासचिव प्रभातप्रसाद शाह सहित एक सय कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको महासंघले जनाएको छ । महासंघको प्रतिनिधित्व गर्दै शाह वार्तामा सहभागी हुन जादै गर्दा प्रहरीले पक्राउ गरेको महासंघले दाबी गरेको छ ।यसअघि बुधबार गृह मन्त्रालयले सिंहदरबाभित्र कुनैपनि विरोध कार्यक्रम नगर्न चेतावनी दिएको थियो ।यसैबीच कर्मचारीहरुले राजधानी लगायत मुलुकभरका जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । आन्दोलनको नेतृत्व गरेको नेपाल राष्ट्रिय कर्मचारी महासंघ अन्तर्गतका राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, सरकारी तथा संस्थान सवारी चालक एसोसिएसन लगायत आबद्ध कर्मचारीले जिल्लास्थित सरकारी कार्यालय वित्तिय संघसंस्था लगायत प्रशासनिक कार्यालय घेराउ गरेका छन् ।घेराउ मध्यान्ह १२ बजेसम्म जारी रहने उनीहरुले बताएका छन् ।सरकारले वार्ता आह्वान गरेपनि कर्मचारीहरुले आन्दोलन र वार्तालाई सगै लैजाने भन्दै आन्दोलन जारी राखेका हुन् ।यता नेपाल निजामति कर्मचारी युनियनले मुलुकभरका सरकारी कार्यालयमा धर्ना दिएको छ ।

No comments:

Post a Comment